कोदालो प्रहार गरी १४ वर्षीय छोराले गरे बाबुको हत्या

ए वान डेस्क
१५ बैशाख २०७६, आईतवार १२:५६

धनकुटाको सहिदभूमी गाउँपालिका-४, खोकुमा शनिबार १४ वर्षीय बालकले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन्।

बेलुका साढे ७ बजे सोही स्थान बस्ने वर्ष ४७ का इन्द्रकुमार राइलाई गाली गरेको कारण निजकै १४ वर्षीय छोराले कोदालोले टाउकोमा प्रहार गरेका थिए।

कोदालो प्रहारबाट राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनएको छ। घटनाको जानकारी पाउनासाथ तत्काल घटनास्थल पुगेकाे जिल्ला प्रहरी कर्यालय धनकुटा र प्रहरी चौकी आँखीसल्लाकाे प्रहरी टोलीले कोदालो प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएकाे थियाे।

घटनाका सम्बन्धमा थप अनुसन्धान भरहेको उक्त कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*