संगीतकार बिजु बज्रको निधन
मै ठुली भै’छु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु, विस्तारै छायो आँखामा अँध्यारोलगायत गीतका चर्चित संगीतकार बिजु बज्रको बानेश्वरस्थित सिभिल हस्पिटलमा निधन भएको छ। उनी मुटुरोगबाट पीडित थिए।
२०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मिएका संगीतकार बज्रले २०४९ सालमा रेडियो नेपालको स्वर परीक्षापास गरी नेपाली संगीत क्षेत्रमा लागेका थिए। करिब १४/१५ सयभन्दा बढी गीतमा संगीत दिएका स्वर्गीय बज्रका श्रीमती २ छोरा र १ छोरी छिन्।















