अनामनगरमा ६ लाख चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ
काठमाडौंको अनामनगरमा छ लाख चोरी गरिरहेकै अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान घर भई काठमाडौं अनामनगरमै बस्दै आएका २३ वर्षीय कृतन राई रहेका छन् ।
उनले अनामनगरस्थित लालबहादुर राईको घरको पहिलो तलामा रहेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा चोरी गरेका थिए ।
ढोकाफुटाली सेफभित्र राखिएको नगद छ लाख चोरी गरी झ्यालबाट हामफालेर भाग्दै गरेको अवस्थामा स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए । उनले यसअघि पनि चोरीको सामान ल्यापटपसहित पक्राउ पर्दा चोरी मुद्दामा २ वर्ष कैद भुक्तान गरिसकेका छन् ।















