सुनको भाउ पुन: घट्यो
विगत ४ दिनयता नेपाली बजारमा सुनको भाउ निरन्तर घटिरहेको छ ।
भाउ घट्दै जाने क्रममा बिहीवार सुनको भाउ तोलामा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ । चाँदी भने तोलाको ७१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















