मेस्सीले पूरा गरे ६०० गोल

ए वान डेस्क
१९ बैशाख २०७६, बिहीबार ११:४९

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबका लागि ६०० गोल पूरा गरेका छन् । बुधबार राति लिभरपुलविरुद्धको खेलमा दुई गोल गरेका उनले बार्सिलोनाका लागि कीर्तिमानी ६०० गोल पूरा गरेका हुन् ।

मेस्सीले खेलको ८२ औँ मिनेटमा गोल गर्दै नयाँ रेकर्ड बनाएका हुन् । मेस्सीले यसै सिजनमा मात्र फ्रिकिकमा ८ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि १४ वर्ष अगाडि मे १ मा नै पहिलो गोल गरेका थिए ।

मेस्सीले बार्सिलोनाबाट ६ सय ८३ खेलमा खेल खेल्दै यो गोल संख्या पूरा गरेका हुन् । उनले यो सिजनमात्र ५३ खेलमा ५० गोल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*