६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

ए वान डेस्क
२० बैशाख २०७६, शुक्रबार १२:१६

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुँयालले बताउए । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*