भिडियो च्याट एप बन्द गर्दै फेसबुक

ए वान डेस्क
२३ बैशाख २०७६, सोमबार ११:४५

फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो ।

द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।

फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द गर्दैछौं । हामीले यसबाट जे सिक्यौं त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य प्रडक्टहरुमा सामेल गर्नेछौं ।’

मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन् ।

फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*