पोखरा विमानस्थलमा हेली एयरको हेलिकप्टर दुर्घटना

ए वान डेस्क
२४ बैशाख २०७६, मंगलवार १६:२३

पोखरा : पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ। हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो।

दिउँसो १:४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए। जाइरोकप्टर उत्तरी भेगबाट ल्यान्ड गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा पुगेको थियो। दुर्घटनामा परी जाइरोकप्टरको दुबै पंखा भाच्चिएको छ भने अगाडिको सिसा फुटेको छ। पाइलट र यात्रु सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकारी काशिराज शर्माले बताए।  –  अन्नपुर्ण पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*