अमेरिकाले विश्वकै शक्तिशाली सुपर कम्प्युटरको निर्माण गर्ने

अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको निर्माण गर्ने घोषणा गरेको छ।
मंगलबार अमेरिकाको उर्जा विभागले सन् २०२१ सम्ममा आफूले विश्वकै सबैभन्दा शक्तिशाली र छिटो चल्ने कम्पयुटर निर्माण गर्ने घोषणा गरेको हो।
उक्त कम्प्युटर आजसम्म बनेका कम्प्युटरभन्दा १२ गुणाले छिटो चल्ने जनाइएको छ।
एडिएम हाइ–पर्फमेन्समा केन्द्रित भएर फ्रन्टिएर प्रणालीमार्फत कम्प्युटरको निर्माण गरिनेछ।
यसमा सिपियु र जिपियु प्रविधि जडान गरिनेछ। जसलेगर्दा १.५ एक्जाफ्लोपमा कम्प्युटर चल्नेछ।
हाल समिट भनिने आइबिएम सुपर कम्प्युटर विश्वमा सबैभन्दा छिटो चल्ने कम्प्युटर हो। जसलाई चीनले निर्माण गरेको छ। यस कम्प्युटर १२२.३ पेटाफ्लोपदेखि २ सय पेटाफ्लोपको गतिमा चल्छ।
अमेरिकाले बनाउने घोषणा गरेको कम्प्युटर चीनकोभन्दा झन्डै ५ गुणाले छिटो चल्नेछ। (एक एक्जाफ्लोप बराबर हजार पेटाफ्लोप हुन्छ।) सिन्ह्वा – नेपाल खबर