सर्पले डसेर शिशुको मृत्यु

ए वान डेस्क
२५ बैशाख २०७६, बुधबार १६:३२

राजविराज : सर्पले डसेर सप्तरीमा बुधबार एक ९ महिने शिशुको मृत्यु भएको छ।तिलाठी कोइलाडी गाउँपालिका- ५ बनरझुलाकी प्रियाकुमारी रायको सर्पदंशले दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सोही ठाउँमा रहेका शिशुको ठूलो बुवा दिनेशकुमार रायको घर आँगनमा खेल्ने क्रममा शिशुले दुलोभित्र हात हाल्दा सर्पले डसेको उनका बुवा रन्जितकुमार रायले बताए।

विषालु सर्प गोमनले बालिकालाई डसेपछि उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए। – अन्नपुर्ण पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*