भारतमा दुई नेपाली विद्वान् लाई ‘राष्ट्रपति पुरस्कार’

ए वान डेस्क
२६ बैशाख २०७६, बिहीबार १२:२२

नयाँ दिल्ली । दुई नेपाली विद्वान् चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट भारतमा सम्मानित भएका छन् । राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको उक्त सम्मान डा. विश्वनाथ धिताल र डा. उमेश नेपाललाई प्रदान गरएकाे हाे ।

दिल्लीमा आयोजित एक विशेष समारोहमा भारतीय उपराष्ट्रपति बैंकैया नायडूले उनीहरुलाई सम्मान गरे । पुरस्कारको राशि जनही एक लाख भारु छ ।

संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*