दाइजो नाममा बुहारीको हत्या: न्याय माग्दै धर्नामा महिला

ए वान डेस्क
२६ बैशाख २०७६, बिहीबार १६:१४

बुटवल : दाइजो नल्याएको भन्दै आधा दशकदेखि हिंसा खेपेकी महिलाको हत्या गरिएको दावी महिला समूहले गरेका छन्। संलग्नलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा महिलाले धर्ना दिएका छन्।

गत शुक्रबार रुपन्देहीको बुटवल उपमहानगरपालिका- १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको शंकास्पद मृत्यु भएको थियो। मृत्युको अघिल्लो बिहान उनी सासूबाट कुटिएर घाइते भएकी थिइन्।सोही दिन राति १० बजेतिर घरमा रुवाबासी चलेको थियो उनी बिहान झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्ष तथा छिमेकीले लक्ष्मीको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्।

प्रहरीले घटनामा आरोपित सासूलाई पक्राउ गरेको छ।तर माइतीपक्षले दिएको किटानी जाहेरी लिएको छैन।अर्घाखाची गोखुङ्गा माइत भएकी लक्ष्मीको सात वर्षअघि बिहे भएको थियो।

उनकी ६ वर्षकी छोरी छन्। श्रीमान् रोजगारीका लागि दुबई आउनेजाने गर्छन्। बिहे गरेको ६ महिनादेखिबाट नै लक्ष्मीले सासूको दुव्र्यव्यवहार भोगेको माइती पक्षले जनाएको छ।

दाइजो कम ल्याएको भन्दै सासूले कुटपिट गर्दै आएपनि उनले बाहिर नबताएको बुवा डोमबहादुर खत्रीले बताए।’6 महिनादेखि नै सासूले दाइजो कम ल्याएको भन्दै हेला गर्दै आएको कुरा खत्रीले बताए।उनले भने, ‘यस्तो गर्लान् भन्ने सोचेकै थिएन।’

स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले प्रशासनले न्याय दिन नखोजेको भन्दै महिला धर्नामा आएको बताइन्। बिनायकपुर क्षेत्रका महिलाले इलाका प्रहरी कार्यालयमा न्याय माग्दै धर्ना दिएका छन्।

मृतक लक्ष्मीले अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना श्रीमान् अमृत खत्रीलाई ट्याग गर्दै, ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी थिइन्। तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ। माइती पक्षले नन्द वा श्रीमान्‍ले नै उक्त कुरा हटाएको हुनसक्ने दावी गरेका छन्।

नन्दले प्रहरीले समेत आफूलाई केही गर्न नसकेको भन्दै छिमेकीले केही गर्न नसक्ने चेतावनी दिँदै आएको महिलाले बताएका छन्। घटनामा सासू र नन्दको हात रहेको आरोप छिमेकीको छ।

प्रहरीले सासूविरुद्ध आत्महत्या गर्न बाध्य बनाएको मुद्धा दायर गरेको छ। इलाका प्रहरी कार्यालयका प्रमुख डिलबहादुर मल्लले मुद्धा दायर गरी अनुसन्धान भइरहेको जानकारी दिए। – अन्नपुर्ण पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*