एक क्विन्टल गाँजासहित दुई युवक समातिए

ए वान डेस्क
२७ बैशाख २०७६, शुक्रबार १०:५५

प्रहरीले एक क्विन्टल गाँजासहित दुई युवक सर्लाहीबाट पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेका हो।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका ३३ वर्षीय कान्छा योन्जन र प्रगन सहनी रहेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ योन्जनको घरबाट उक्त लागुऔषध गाँजा बरामद गरिएको ब्युरोका एसपी तथा प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए। बरामद लागुऔषधमध्ये ८० किलो गाँजा छ भने २० किलो चिप्पड रहेको प्रहरीले जनाएको छ।

उक्त गाँजा भारत पास गर्न लागिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। तराईका विभिन्न जिल्ला हुँदै पछिल्लो समय गाँजा भारततर्फ तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी राखेर काम गर्दै आएको छ। – नेपाल लाइभ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*