२० लाखको लोभमा सिफारिस
महेन्द्रनगर । कञ्चनपुर भीमदत्त नगरपालिका–११ का वडाध्यक्षले निर्माण व्यवसायीलाई फाइदा पुग्नेगरी सिफारिस गरेका छन्् । भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रकाश जैशीले निर्माण व्यवासायीको बयानकै आधारका ठूला उपकरण र ठूलो मात्रामा निर्माण सामग्री बगेको सिफारिस गरेका हुन्् ।
वैशाख पहिलो साता महाकालीमा आएको बाढीले निर्माण सामग्रीसहित उपकरण बगेको सिफारिस बनाउँदा वडाध्यक्षले सिफारिस गरेका पाइएको हो ।
वडाध्यक्ष जैसीले २० लाख पाउने आसमा गलत सिफारिस गरेको स्थानीयले आरोप लगाएका छन् । महाकाली तटबन्ध संरक्षण समिति अध्यक्ष श्याम थापाका अनुसार वडाध्यक्ष जैसीले २० लाख पाउने आशमा करोडभन्दा बढीको क्षति सिफारिस गरेको दाबी गरे ।
‘मैले देखेको यहाँ केही बगेको छैन, डाइभर्सन फुटेको पक्का हो तर केही पनि बगेको छैन, दुई चार ट्रक गिट्टी बगेको पक्कै होतर जति दाबी गरिएको छ, त्यो गलत हो,’ उनले भने । उता, भारतीय पक्षले शारदा ब्यारेजबाट पानी छाड्दा सामान्य डाइभर्सन टुट्नेबाहेक अन्य क्षति नभएको स्थानीय बताउ“छन्् । महाकाली तटबन्ध संरक्षण अनुगमन समिति सचिव पूर्णबहादर मल्ल ‘कसले के लेख्यो र के भन्यो ठूलो कुरा नभएको’ बताउ“छन् । साइट हेर्ने चन्द्रबहादुर सुनारसमेत नोक्सान केही पनि नभएको बताए ।
‘मिक्चर बगेको छैन, कसले के भन्यो र के गरेको छ ? मलाई थाहा छैन, दुई चार ट्रक ग्राभेलबाहेक केही बगेको छैन,’ उनले भने । यता, वडाध्यक्ष जैसीले ‘कुनै पनि प्रलोभनमा आफूले काम नगरेको’ दाबी गरे । ‘ठेकेदारको लिखित निवेदन दिएको र कर्मचारीले तयार पारेको सिफारिसपत्रमा हस्ताक्षर मात्र गरेको हु“,’ उनले भने ।
महाकालीमा वैशाखमा करिब ६ हजारदेखि ९ हजार क्युसेकसम्म पानी प्रवाह हुने गर्छ । त्यसमा पनि भारतले खटिमा लोहियाहेडमा बिजुली उत्पादन गर्नका लागि शारदा नहरबाट कम्तीमा ८ हजार क्युसेक पानी लैजानुपर्ने हुन्छ ।
महाकाली सन्धिको धारा १ अनुसार नदीको जैविक विविधता कायम राख्न शारदा बा“धतिर ३५० क्युसेक पानी छोड्नैपर्ने हुन्छ । तर, सन्धिकै प्रावधानअनुसार पनि उसले ३५० क्युसेक पानी छोडेको भन्दै बेलाबेला स्थानीयले गुनासो गर्ने गरेका छन् ।
महाकालीमा यति धेरै ठुलो मात्रामा ढुंगा, गिट्टी र उपकरण बगाउनेगरी ‘कसरी बाढी आयो ?’ भन्नेमा स्थानीय अचम्मित बनेका छन् । स्थानीय शिक्षक वीरेन्द्रकुमार थापाका अनुसार वैशाखमा महाकालीमा कुनै दिन पनि बाढी आएको छैन । कुनै बेला भारतले शारदा तलतिर बा“ध खोले पनि यति ठूलो संख्यामा ढुंगा, गिट्टी र उपकरण बगाउनै नसक्ने उनको दाबी छ ।
स्थानीय पूर्णानन्द जोशी महाकालीमा बाढी आएको थाहा नभएको बताउ“छन्् । ‘कसरी सिफारिस भयो, थाहा भएन,’ उनले भने, ‘हँुदै नभएको घटना भएको भनि ठूलो परिणाममा ढुंगा, गिट्टी र उपकरण बगेको सिफारिस गर्दा ठूलै आर्थिक चलखेल भएको हुनसक्ने देखिन्छ ।’ – राजधानी दैनिक















