‘हेल्मेट अनिवार्य’ निर्णय : एकैपल्ट नेपालीको ६ अर्ब ३२ करोड बाहिरिने !

ए वान डेस्क
६ जेष्ठ २०७६, सोमबार १५:४२

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार पत्रकार सम्मेलन गर्दै दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट अनिवार्य गर्ने निर्णय सार्वजनिक गरेपछि पक्ष/विपक्षमा बहस शुरू भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ परिच्छेद ७ को दफा १३० उपदफा २ मा दुईपांग्रे चलाउने र पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिएको छ । ऐनमा लेखिएको छ, ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुईपांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’

आइतवार पत्रकार सम्मेलन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले दुर्घटनाको ९६ प्रतिशत दुईपांग्रे सवारी प्रयोगकर्ता रहेको बताए भने पछाडि बस्नेको मृत्यु अत्याधिक भएको बताए ।

आर्थिक वर्ष २०७४/०७५ को फागुन मसान्तसम्म काठमाडौं उपत्यकामा भएका सबै दुर्घटना २ सय ११ जनाको मृत्यु भएकोमध्ये २ सय २ जनाको मृत्यु दुईपांग्रे सवारीसाधन दुर्घटनामा भएको प्रहरी तथ्यांकले देखाउँछ । जसमध्ये पछाडि बस्ने यात्रुको मृत्यु अत्याधिक भएको तथ्यांकले देखाउने एसएसपी पन्तले लोकान्तरलाई बताए । तर प्रहरीले हेल्मेट लगाउनेभन्दा नलगाउनेको बढी मृत्यु भएको देखिने यकिन विवरण सार्वजनिक गर्न सकेको छैन । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*