नौजनाको हत्या भएको ठाउँ नजिकै झुण्डिएको अवस्थामा एकजनाको लाश फेला

ए वान डेस्क
७ जेष्ठ २०७६, मंगलवार १२:५३

पाँचथरको मिक्लाजुङ्मा भएको घटना भएको नजिकै एक जना युवकको शव फेला परेको छ। झुन्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

‘घटना नजिकै युवक झुन्डिएको अवस्थामा फेला परेको छ। थप अनुसन्धान भइरहेको छ,’ डिआइजी पोखरेलले भने।

मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा गए राति दुई परिवारका नौजनाको हत्या भएको थियो। बजार क्षेत्रबाट दुईसय मिटर मात्र टाढा रहेको ठाउँमा भएको सामूहिक हत्याको अनुसन्धानमा खटिएको प्रहरीका लागि झुण्डिएको अवस्थाको शव थप रहस्यमय भएको छ।

प्रहरीको प्रारम्भिक अनुमानमा यो हत्यामा एकजनाको मात्र संलग्नता रहेको खुलेको प्रहरीले बताइसकेको छ। – पहिलोपोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*