चौथो प्रधानमन्त्री महिला ट्वान्टी-२० क्रिकेट जेठ अन्तिम साताबाट

ए वान डेस्क
७ जेष्ठ २०७६, मंगलवार १५:३९

चौथौ प्रधानमन्त्री कप महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम साताबाट हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र महाकाली स्पोर्टस सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता कन्चनपुरको महेन्द्रनगरमा जेठ अन्तिम साताबाट हुने भएको हो ।

आयोजकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा सातै प्रदेशका टोली र एक विभागीय टोलीको सहभागिता रहने जानकारी दिएको छ । नेपाल क्रिकेट संघ क्यान नभएको अवस्थामा पनि महिला क्रिकेटलाई बचाइराख्ने उदेश्यले प्रतियोगिता तय भएको आयोजकले बताएको छ ।

विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख पुरस्कार पाउने परिषदका सदस्यसचिव केशबकुमार विष्टले जानकारी दिए । ८८ लाख खर्च हुने अनुमान गरिएको यस प्रतियोगितामा राखेपले ३५ लाख तथा व्यवस्थापनको जिम्मा पाएको महाकाली स्पोर्टस सोसाइटीले प्रायोजनमार्फत संकलन गर्नेछ ।

सोसाइटीका अध्यक्ष सुमन भट्टले कन्चनपुर उत्साहित रहेकाले प्रतियोगिता सफल हुने अपेक्षा रहेको बताए । उनले केही दिनमा जर्सी, खेलतालिका र ट्रफी सार्वजनिक गर्ने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*