एक थान भरुवा बन्दुक बरामद
७ जेष्ठ २०७६, मंगलवार १६:४२
सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्नेबाट एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । स्थानीय महिलाहरुले सामुदायिक जंगलबाट घाँस दाउरा ल्याउने क्रममा उक्त भरुवा बन्दुक भेटाएपछि प्रहरीलाई बुझाएका हुन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि प्रहरी चौकी डाँडाछाप्रेबाट खटि गएको प्रहरीलाई बुझाएको प्रहरीले जनाएको छ । – बाह्रखरी















