विश्वकप : विराट कोहलीलाई आफ्नो शिकार बनाउन चाहन्छन् यी बलर

ए वान डेस्क
८ जेष्ठ २०७६, बुधबार १२:५१

एजेन्सी– १२ औं संस्करणको क्रिकेट विश्वकप मे ३० देखि इंग्ल्याण्डमा हुँदैछ । यसैबीच भारतीय टीम पनि विश्वकपका लागि इंग्ल्याण्ड उडिसकेको छ ।

भारतीय कप्तान विराट कोहलीले भारतले तेस्रो पटक विश्वकपको उपाधि जित्न सक्ने दाबी गरेका छन् । विराटका अनुसार सबै खेलाडी फर्ममा छन् । विराटले यस विश्वकपलाई कठिन भनेका छन् ।

यस विश्वकपमा संसारको ध्यान ‘नम्बर वान’ ब्याट्स्‌म्यान विराट कोहलीमाथि हुनेछ । यसैबीच एक बलरले विराटलाई आफ्नो शिकार बनाउन चाहन्छन् । इंग्ल्याण्डमा अनुभवी बलर जोफ्रा आर्चरले मंगलवार आफूले विश्वकपमा विराट कोहलीलाई आउट गर्न चाहेको बताएका हुन् ।

वेस्ट इन्डिजको टीममा तीव्र गतिका बलर डेविड विलीको स्थानमा २४ वर्षीय बलर आर्चरलाई समावेश गराइएको छ ।

आर्चरले हालसम्म मात्र तीन एक दिवसीय र एक टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले आफूले इन्डियन प्रिमियर लीग खेलेका कारण संसारका उत्कृष्ट खेलाडीको सामना गरेका कारण विश्वकपमा त्यसले फाइदा पुर्‍याउने बताए ।

आर्चरले स्काई स्पोर्ट्ससँग भने, ‘म विराटलाई आउट गर्न चाहन्छु किनकी आईपीएलमा उनको विकेट लिन पाएको थिइनँ । मलाई लाग्छ- धेरै म्याचमा लेग स्पिनरले उनको विकेट लिएका थिए ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*