भलिबल दिवस मनाइयो

ए वान डेस्क
९ जेष्ठ २०७६, बिहीबार १०:५९

नेपाल भलिबल संघले न्यु डायमन्ड एकेडेमी नैकापमा दोस्रो ‘भलिबल डे’ मनाएको छ । पहिलो संस्करण पनि न्यु डायमन्डमै भएको थियो । दोस्रो भलिबल दिवस सांसद कृष्ण गोपाल श्रेष्ठ, पूर्वखेलकुदमन्त्री दलजित विके श्रीपाइली, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा मदन भण्डारी स्पोटर््स एकेडेमीका पदाधिकारीलगायतले बेलुन उडाएर खेल सुरु गरेका हुन् ।

नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल दिवस मनाउने निर्णय गरेको थियो ।

भलिब दिवसकै अवसरमा एपीएफ, न्यु डायमन्ड र गण्डकी प्रदेशका खेलाडीसहितको ‘ए’ र ‘बी’ टोलीबीच भलिबल मैत्रीपूर्ण खेल भएको थियो । जसमा ‘ए’ टोली २५–१६ ले विजयी भएको । ‘ए’को कप्तानी प्रतिभा माली तथा ‘बी’को कप्तानी रेश्मा भण्डारीले गरेकी थिइन् ।

दुई वर्षअघि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहँदा र माओवादी केन्द्रकै दलजित विके श्रीपाइली युवा तथा खेलकुदमन्त्री भएको कार्यकालमा नेपाल सरकारले जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । – राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*