किन लगायो अमेरिकाले हुवावेमाथि प्रतिबन्ध ?

यसमा रहेको अचम्म पार्नेखालको ५०एक्स जुम फिचर नै अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाउनुको मुख्य कारण रहेको कन्सपिरेसी थियरिस्टको दाबी छ । कन्सपिरेसी थियरिस्ट तिनलाई भनिन्छ, जो हरदम घटनाहरुको पछिल्तिर रहेको चुरो कारणको खोजीमा रहन्छन् । हरेक घटनाको पछाडि प्रभावशाली व्यकितको हात हुने तिनको अनुमान रहने गर्छ ।
प्रविधिका माध्यमबाट आफ्ना नागरिकको जासुसी गरेको आरोपमा गत साता अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको थियो । तथापि, अहिले ९० दिनका लागि सो प्रतिबन्ध फुकुवा गरिएको छ । ‘दि सन’ को रिपार्टमा भिडियोसहित केही तस्बिर पनि सेयर गरिएको छ । त्यसमा अग्लो भवनको बीच भागमा बसेर दुईजना युवा चेस खेलिरहेका छन् । हुवावे फोनको क्यामराको माध्यमबाट चेसबोर्डलगायत सारा कुरा सफा देखिएको छ ।
इस्लामावादमा रहेका चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन झाओ लिजियन हुवावेलाई प्रतिबन्ध लगाउनुको कारण यसमा रहेको हाइटेक क्यामरा पनि हुन सक्ने बताउँछन् । चीन र अमेरिकाबीच पछिल्लो समय चर्केको ‘टे«ड वार’ को केन्द्रमा हुवावे फोन पर्न गएको छ । हालै अमेरिकाले हुवावेलाई ती कम्पनीहरुको सूचीमा राखिदिएको छ, जसले बिना लाइसेन्स अेमरिकी टे«ड कम्पनीसँग व्यापार गर्न सक्दैन ।
हुवावेलाई अमेरिकाका साथै युरोपमा पनि प्रतिबन्ध लगाउनुपर्ने माग बढ्न थालको छ । पश्चिमा मुलुकहरुमा हुवावेको विरोध तीव्र बन्दै गएको छ । कतिपय मुलुकलाई के लागिरहेको छ भने, हुवावेका माध्यमबाट चीनले ती देशहरुको जासुसी गरिरहेको छ । चीनले यस्तो आरोपको खण्डन गर्दै आएको छ ।
– नवभारत टाइम्स डट कम