मोदीको जितसँगै उनको फिल्म रिलिज

ए वान डेस्क
१२ जेष्ठ २०७६, आईतवार १२:४२

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’लाई त्यहाँको अदालत र निर्वाचन आयोगले प्रदर्शनका लागि प्रतिबन्ध लगाएको थियो ।

त्यहाँको लोक सभाको परिणाम घोषणा भएसँगै बिहीबार यो फिल्मलाई निर्वाचन आयोगले रिलिज फुकुवा ग¥यो । यता दोस्रो कार्याकालका लागि प्रधानमन्त्री बन्ने नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले बहुमत हासिल गरेसँगै उनको फिल्मले रिलिज हुने अवसर पाएको छ ।

सो फिल्मले लोकसभाको चुनावमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै एक महिनाअघि प्रदर्शनमा अदालतले बन्देज गरेको थियो । अदालतले पछि यो फिल्मलाई रिलिज गर्ने कि नगर्ने भन्ने अधिकार निर्वाचन आयोगलाई दिएको थियो । आयोगले चुनावको परिणाम नआएसम्म फिल्म रिलिज गर्न नदिने निर्णय लिएको थियो ।

फिल्म पीएम नरेन्द्र मोदीले शुक्रबार पहिलो दिन भारतमा २ करोड ५० लाखको व्यापार गरेको छ । फिल्मलाई अग्रज निर्देशक सुरेश ओवरायले निर्माण गरेका हुन् । जसमा अभिनेता विवेक ओबरायले प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् । विवेकको कामलाई यो फिल्ममा दर्शकले रुचाएका छन् । नरेन्द्र मोदीले बहुमत हासिल गरेकै दिन उनको जीवनीमा आधारित यो फिल्म पनि रिलिज भएको छ । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*