घरमा बसेर वन संरक्षण हुदैन् : अध्यक्ष श्रेष्ठ
ए वान डेस्क /
जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले वन वन्यजन्तु संरक्षण गर्ने बिषयमा गंभिर हुन मातहतका वन समुहलाई निर्देशन दिनुभएको छ । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ मा रहेको भिमेश्वर मध्यवर्ती सामुदायीक वन उपभोक्ता समुहले आयोजना गरेको वन वन्यजन्तु र समसामायिक बिषयमा अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो ।
वन वन्यजन्तु संरक्षण गर्न मातहतका वन समुह गंभिर हुनुपर्नेभन्दै उहाले आफुले पाएको अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । बिशेष योजनाका साथ वन संरक्षणको पाटोमा अग्रसर हुन आग्रह गर्दे श्रेष्ठले भएका उपलब्धीलाई सदुपयोग गर्न सके विकासले गति लिने बताउनुभयो ।
उपभोक्ता सचेत नभएसम्म वन संरक्षण नहुनेभन्दै उहाले भन्नुभयो ‘वन वन्यजन्तु संरक्षणको बिषयमा सबैभन्दा ठुलो बिषय हो, घरमा बसेर वन संरक्षण हुदैन्’ । फरक प्रशंगमा उहाले पथलैयामा देखिएको पार्किङ्ग विवाद सबै मिलेर अन्त्य गर्नुपर्ने बताउनुभयो । सामाजिक काममा राजनिति प्रवेश गराउन नहुनेभन्दै उहाले गंभिर हुन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ्गले जतिसक्दो चाडो पार्किङ्ग व्यवस्थापन गर्नेतर्फ वडा कार्यालय अग्रसर भएको बताउनुभयो । यस बिषयमा आफुले पटक पटक नगर प्रमुखलाई भनेपनि नगरपालिकाले खासै ठोस कदम चाल्न नसकेको बताउनुभयो ।
कार्यक्रममा गढिमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गणेश साहले तिनै तहसंग समन्वय गरेर पार्किङ्गको बिषय टुंग्याउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा पथलैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुरेश लामा, तराई यातायात व्यवसायी संघका महासचिव शंखर बिष्ट, समाजसेवी राजकुमार तामाङ्ग लगायतले पार्किङ्गको बिषयमा आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पेशल कुमार मुल्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।















