३५ हजार घुस लिदै गरेको अवस्थामा नायव सुब्बा पक्राउ

ए वान डेस्क
१३ जेष्ठ २०७६, सोमबार १५:४१

व्यवसायिक तथा शीप विकाश तालिम केन्द्र, भद्रपुर झापाका नायव सुब्बा राजकुमार धिमाल ३५ हजार घुससहित पक्राउ परेका छन् ।

सुब्बा राजकुमार धिमालले तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले निज नायव सुब्बा राजकुमार धिमाललाई सेवाग्राहीसँग रू पैंतिस हजार घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

उक्त घुस रकम सहित व्यवसायिक तथा शीप विकाश तालिम केन्द्र, भद्रपुरको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको साथै उक्त कार्यमा संलग्न सोही कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको छ । – आजको अर्थ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*