विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमै धामी झाँक्री !

ए वान डेस्क
१४ जेष्ठ २०७६, मंगलवार १६:४१

संखुवासभाको सिलिचोङ गाउँपालिका–२ बालाको हिमाल ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुमा अनौठो लक्षण देखा परेपछि विद्यालयमै धामी झाक्री राखिएको छ ।

विद्यार्थीहरु बेहोस् हुने, अचेत भई दौडिने, दाँत बाँध्ने जस्ता लक्षणहरु देखा परेकाले शान्तिका लागि विद्यालयमा धामी समेत राखिएको प्रधानाध्यापक गंगाराज राईले जानकारी दिए । गाउँको कूल देवता रिसाएकाले अभिभावकको आग्रहमा विद्यालयमा धामी बोलाएर राखिएको प्रअ राईले बताए । विरामी परेका विद्यार्थीलाई धामी झाक्री लगाए पनि समस्या उस्तै रहेको उनले बताए ।

१२ देखि १४ उमेर समूहका १५ जना भन्दा छात्र छात्रालाई यो समस्या देखिएको २ नम्बर वडा अध्यक्ष मोहनशमसेर राईले जानकारी दिए । केही विद्यार्थीलाई अस्पातल लगेर उपचार गरेपनि निको नभए पछि विद्यालयमा धामी राख्नु परेको बताए ।

२ महिना यता यस्ता कार्य समस्या भइरहेकोले दैनिक पठनपाठनमा समेत असर पुगेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुमा यस्तो समस्या उत्पन्न भएपछि अभिभावकहरु त्रसित भएका छन् । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*