घण्टिमाईको छैठौ बार्षिक उत्सवको अवसरमा प्रशिक्षण कार्यक्रम
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड औराहको छैठौ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बार्षिक उत्सवको एक कार्यक्रमकाबिच वडा नम्बर ४ का वडा अध्यक्ष भोज बहादुर खत्री ईश्वरले उद््घाटन गर्नुभएको थियो ।
बार्षिक उत्सवको अवसरमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । बार्षिक उत्सवको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा सहकारी ऐन २०७४ का बिषयमा संस्थाका सेयर सदस्यहरुलाई जानकारी गराईएको थियो ।
७० जना सेयर सदस्यहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको संस्थाका कार्यालय प्रमुख नविन खड्काले ए वान समाचारलाई जानकारी दिनुभयो । खड्काका अनुसार अन्य सेयर सदस्यहरुलाई पनि आगामी दिनमा प्रशिक्षण दिईनेछ ।
संस्थाकी अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सवमा जीतपुरसिमरा उप–महानगरपालिकाका गोपाल खपाङ्गी लगायतको उपस्थिति रहेको थियो ।















