सिमराको पिक्निक पार्कमा नेपाल लाइफको गोष्ठी

ए वान डेस्क
१९ जेष्ठ २०७६, आईतवार १७:५२

नेपालकै सर्वाधिक बोनस दर भएको बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स जीतपुर उपशाखाले सिमरा पार्कमा गोष्ठीको आयोजना गरेको छ ।
कम्पनीले जील्लामा आफ्ना कम्पनीका एजेन्सी मेनेजर र ब्यवसाय संयोजनलाई सिमराको पार्कमा गोष्ठी कार्यक्रममा सहभागी गराएको हो ।

कार्यक्रममा कम्पनी बिरगञ्जका बरिष्ठ एजेन्सी म्यानेजर अम्बिका प्रसाद देली र नरेश गुप्ताले गोष्ठीमा नेपाल लाइफको नयाँ पोलीसी र ब्यवसायको आधुनिक सिद्धान्तबारे प्रस्ट्याएको थिए ।

बजारमा अन्य बिमा कम्पनीहरुले नयाँ पोलीसीका नाममा ठगी गरिरहेको भन्दै बिमा गर्न चाहनेले बोनस दर बुझेर मात्र बिमा गर्नुपर्ने आवस्यक रहेको बताए ।

सबै बिमा कम्पनीले आफु राम्रो भन्ने गरेपनी नेपाल लाइफको तुलनामा कुनै पनी बिमा कम्पनीले सेवा सुबिधा र बोनस प्रदान गर्न नसक्ने गोष्ठीका बक्ताहरुले बताएका छन् ।

कार्यक्रममा जीतपुर उपशाखा अन्र्तगतका १० जना एजेन्सी मेनेजर, दुई दर्जन ब्यवसाय संयोजक र २० जना भन्दा बढी अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

पार्कमा कम्पनीले बनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*