ग्यास लिकपछि आगलागी : उपचारको क्रममा एकको मृत्यु
फाईल फोटो
ए वान डेस्क /
बारामा ग्यास लिक भएर भएको आगलागीमा परी गंभिर घाईते भएकाहरु मध्य एक जनाको मृत्यु भएको छ । गत जेठ २४ गते बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्याउली चोकमा ग्यास सिलिण्डर लिक भएर भएको आगलागीमा परि ७ जना गंभिर घाईते भएका थिए ।
जसमध्य एक जनाको उपचारको क्रममा काठमाण्डौको किर्तिपुरस्थित वर्न सेन्टरमा मृत्यु भएको वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौलाले ए वान समाचारलाई जानकारी दिनुभयो । वडा अध्यक्ष बतौलाका अनुसार उपचारका क्रममा ज्ञानीमाया मोक्तान मृत्यु भएको हो ।
मोक्तानको गएराती मृत्यु भएको थियो । गंभिर घाईते भएकाहरु मध्य दुई जनाको अवस्था अझै गंभिर रहेकोसमेत बतौलाले बताउनुभयो ।
आगलागीमा परी एक जना गर्भवतीसहित ७ जना घाईते भएका थिए ।















