जीतपुरसिमरा ३ ले खेलाडीलाई दियो खेलकुद सामग्री
जीतपुरसिमरा उपमहानगरपालीकाको ३ नम्बर वडाले आफ्ना वडाका खेलाडीहरुलाई खेलकुद सामग्री बितरण गरेको छ ।
वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरेले वडामा खेलकुद प्रवर्धन र खेलाडीको मनोवल उच्च राख्नका लागी वडाले खेल क्षेत्रमा लगानी गरेको बताए ।
वडाले ४५ हजार बराबरको खेलकुदका बिभिन्न सामग्री वडाको रामबन स्थित आर टि युथ क्लबलाई हस्तान्तरण गरेको छ ।
क्लवका अध्यक्ष दिपक लामा सहित वडा सचिव अनिल बिश्वकर्मा, पर्यावरण संरक्षण अभियान्ता अमृतलाल श्रेष्ठ , काँग्रेसका युवा नेता रबी श्रेष्ठ, समाजसेवी सुनिल बस्नेत, नगरपालीकाका इन्जिनियर ललितकिसोर यादव लगाएतको उपस्थितीमा सो सामाग्री बितरण गरिएको हो ।















