निर्धक्क भएर व्यवसाय गर्नुस्, हामी सुरक्षा दिन्छौ : डिएसपी पुरी
ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पुरीले निर्धक्क भएर व्यवसाय गर्न होटल सञ्चालकहरुलाई आग्रह गर्नुभएको छ । प्रहरी नायव उपरीक्षक गोविन्द पुरीको स्वागतमा होटल तथा पर्यटन व्यवसायी संघ बारा र होटल तथा पर्यटन सहकारी सिमराले आज आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै पुरीले यस्तो आग्रह गर्नुभएको हो ।
ढुक्क भएर व्यवसाय गर्न आग्रह गर्दे उहाले सुरक्षा व्यवस्थाको कुनै कसर बाकी नराख्ने प्रतिवद्धता समेत जनाउनुभयो । ‘पेशा गर्दा मर्यादित र जिम्मेवार भएर गर्नुस्, त्यस बाहेक हामीले दिनुपर्ने सुरक्षामा हामी प्रतिवद्ध छौ’ उहाले भन्नुभयो । ‘होटल पेशा आफैमा एउटा जिम्मेवार पेशा हो, त्यसकारणले गर्दा यसमा बिशेष ध्यान दिन आवश्यक छ’ उहाले थप्नुभयो ‘कुनै समयमा प्रहरीको चेकिङ्ग टोलि आउन सक्छ त्यसलाई तपाईहरुले नराम्रो सोच्नुहदैन्, बरु प्रहरीलाई सहयोग गर्नुपर्छ’ ।
स्वागत कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठले जनतालाई महशुस हुने गरी शान्ति सुरक्षा प्रदान गर्न आग्रह गर्नुभयो । प्रहरीको सुरक्षा अभियानमा सबैले हातेमालो गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्इक्ष मोहन शर्मा लामिछानेले प्रहरीले होटल व्यवसायीको हित हुने गरी शान्ति सुरक्षा प्रवाह गर्नुपर्ने बताउनुभयो । होटल पेशामा शान्ति सुरक्षाको भुमिका महत्वपुर्ण हुनेभन्दै उहाले भन्नुभयो ‘तपाईको कार्यकालमा होटल व्यवसायीहरुले सुरक्षाको अनुभुति गर्नेमा हामी बिश्वस्त छौ’ ।

कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव शिवजी साह सोनार लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल तथा पर्यटन सहकारीका अध्यक्ष प्रलाद उप्रेती, राष्ट्रिय अनुसन्धानका दिपक चौधरी, संघका महासचिव शम्भु खड्गी, सचिव गोविन्द गहतराज लगायतको उपस्थिति रहेको थियो ।
होटल व्यवसायी प्रकाश लम्सालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संघका सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।















