आकाशमा उड्ने ट्याक्सी मेल्बर्नमा टेस्ट राइड हुँदै, ग्राहकले स्मार्टफोनबाट बोलाउन सक्ने

ए वान डेस्क
२९ जेष्ठ २०७६, बुधबार १३:५९

उबर कम्पनीले आकाश उड्ने (हवाई) ट्याक्सी बनाएको छ । निर्माता कम्पनीले केही समयपछि नै यसको टेस्ट राइड (परीक्षण उडान) गर्ने गरिरहेको छ । उबर ग्रुपले अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेल्बर्नमा अन्तर्राष्ट्रिय टेस्ट राइड गर्ने योजना बनाएको छ ।

यसअघि युएस राइड सेरिङ कम्पनीले पहिलो पटक अमेरिका बाहिर टेस्ट राइडका लागि दुबईलाई आफ्नो छनोटमा पारेको थियो । तर दुवईमा यसको परीक्षण उडान गर्न ढिलाई भएको थियो । पाइलटविहीन यस ट्याक्सीको सन् २०२० मा मेल्र्बोन र अमेरिकाको लस एन्जल्स र डल्लासमा परीक्षण उडान हुने कम्पनीले बताएको छ ।

यो ट्याक्सीको व्यापारिक उडान भने सन् २०२३ बाट मात्रै सुरु हुनेछ । उबरको रोडमा चल्ने ट्याक्सी जस्तै यस हवाई टयाक्सीलाई पनि ग्राहकहरुले स्मार्टफोनको एपबाट बोलाउन सक्नेछन् । – नेपाली पैसा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*