सुर्खेतमा टिपरको ठक्करबाट पत्रकारको मृत्यु
टिपरको ठक्करबाट सुर्खेतमा एकजनाको मृत्यु भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा बा ५ ख १६८३ नम्बरको टिपरको ठक्करबाट भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नन्दबहादुर गेलाङको मृत्यु भएको हो ।
मृतक नन्दबहादुर पेशागत रुपमा पत्रकार थिए । उनी सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक तथा तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव थिए ।
इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँका अनुसार छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि टिपर चालक फरार रहेको प्रहरी निरीक्षक चौलागाईँले बताए । प्रहरीले चालकको खोजी गरिरहेको बताएको छ । – अन्नपुर्ण पोस्ट















