जीतपुरसिमरा : एकाबिहानै सरसफाई कार्यमा व्यस्त देखिए जनप्रतिनिधि
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाले खुल्ला दिशामुक्त अभियानलाई तिब्र रुपमा अघि बढाएको छ । सोही अभियान अन्तर्गत उप–महानगरपालिकाले वडा नम्बर १५ मा आज बिहान सचेतिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वडा स्तरीय सरफाई तथा सचेतिकरण कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, उप–मेयर सरस्वती चौधरी, कार्यकारी अधिकृत लगायत वडा अध्यक्षहरुको सहभागीता रहेको थियो । जनप्रतिनिधि र कर्मचारीको टोलिले आज बिहान वडा नम्बर १५ को बिभिन्न गाउमा सरसफाई गरेको डुमरवानाका सञ्चारकर्मी बिदुर खड्काले जानकारी दिनुभयो ।
























