जीतपुरसिमरामा ‘टिभिएस मेला’ शुरु, ४ गते निखिल उप्रेती आउने
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा टिभिएस स्ट्राईकर मेला शुरु भएको छ । एक घर एक टिभिएस अन्तर्गत सगरमाथा मोर्टसको जीतपुरस्थित टिभिएस स्वरुमको आयोजनामा मेला शुरु भएको हो ।
मेलाको हिजो एक कार्यक्रमका बिच जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दे साहले प्रतिस्पर्धाको समयमा टिभिएसले ल्याउने बिभिन्न प्रकारका छुट लोकप्रिय हुने बताउनुभयो ।
टिभिएस स्ट्राईकर मेला भब्य रुपमा सम्पन्न हुने भन्दै उहाले ग्रँहकको मन जित्न टिभिएस सफल हुने विश्वास व्यक्त गर्नुभयो । टिभिएस जीतपुरसिमराका सञ्चालक दिनदयाल चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी निलिशा बर्माले गर्नुभएको थियो ।
मेलामा टिभिएसका बिभिन्न मोटरसाईकलहरु राखिएको छ ।

यस्ता छन् छुट
सञ्चालक चौधरीका अनुसार नया मोटरसाईकल किन्दा फाईनेन्सको सुविधा, एक्सचेन्ज र कर निशुल्क गरिएको छ । मेलाको अवसरमा नया मोटरसाईकल खरिद गर्ने ग्राहकले नायक निखिल उप्रेतीसंग पनि भेट्ने पाउनेछन् ।

टिभिएसका आफ्ना ग्राहकसंग भेट्न निखिल उप्रेती यही असार ४ गते जीतपुर आउदैछन् ।















