चैत्र मसान्तसम्म जीतपुरसिमरा होला त खुल्ला दिशामुक्त ?
ए वान डेस्क /
मेयर बनेसंगै मेघा सिटिको अवधारणा लिएका डा. कृष्ण पौडेलले जीतपुरसिमरालाई खुल्ला दिशामुक्त उपमहानगर बनाउने दृढता लिए । उनले कार्यपालीकाको बैठकमा पनि पटक पटक एउटै कुरा भन्ने गरेका छन्, त्यो हो जीतपुरसिमरालाई जतिसक्दो चाडो खुल्ला दिशामुक्त महानगर बनाउनुपर्छ ।
केही समय अघि सिमरामा आयोजित एक कार्यक्रममा पनि मेयर पौडेलले अधिकासं वडा अध्यक्षहरुलाई खुल्ला दिशामुक्त अभियानलाई तिब्रका साथ अघि बढाउन निर्देशन दिए । मेयर पौडेलले अहिले पनि बिभिन्न कार्यक्रममा चैत मसान्तसम्म उपमहानगरलाई खुल्ला दिसामुक्त उपमहानगर बनाउने बताईरहेका छन् ।
तर पौडेलले भने जस्तै चैत्र मसान्तसम्म जीतपुरसिमरालाई खुल्ला दिशामुक्त उप–महानगर बनाउन भने त्यति सहज छैन् ।
कहा–कहा छ चुनौती ?
जीतपुरसिमरा उप–महानगरपालिकाको अधिकासं वडामा अहिलेपनि खुल्ला रुपमा सौच गर्ने गरिएको छ । बिशेषगरी वडा नम्बर ५ देखि २० सम्म उप–महानगरपालिकालाई खुल्ला दिशामुक्त बनाउन चुनौती हुने देखिएको छ । वडा नम्बर ५, ११, १२ र १३ मा त धेरै समस्या छ ।
अब अनुगमन गर्नुपर्छ
बिदुर खड्का, सञ्चारकर्मी
सञ्चारकर्मी बिदुर खड्काले चैत्र मसान्तसम्म कुनैपनि हालतमा खुल्ला दिशामुक्त उपमहानगर नबन्ने दाबी गरेका छन् । ए वान समाचारसंग कुरागर्दे खड्काले भने ‘खुल्ला दिशामुक्त घोषणा गरेपनि व्यवहारमा लागु हुदैन्, यो त फलामको चिउरा चपाएको जस्तो हो’ । खुल्ला ठाउमा सौच गर्ने स्थानीयलाई कारर्वाही नगरिएसम्म अभियान प्रभावकारी नहुनेभन्दै उहाले जनप्रतिनिधिले बेला बेलामा अनुगमन गर्नुपर्ने बताउनुभयो ।
उप–महानगरपालिकाले चासो दिनुपर्छ
मोहित चौधरी, वडा अध्यक्ष
वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीले उप–महानगरपालिकाले बिशेष चासो नदिएसम्म खुल्ला दिशामुक्त उपमहानगर नबन्ने बताउनुभयो । ‘पहिला नगरपालिका हुदा खुल्ला दिशामुक्त अभियान प्रभावकारी रुपमा अघि बढेको थियो, तर अहिले उप–महानगर भएपछि केही भएको छैन्’ चौधरीले भने । आफुले सौचालयका सामाग्रि उपलब्ध गराउन पटक पटक मेयरलाई भनेपनि मेयरले बेवास्ता गरेको चौधरीले बताउनुभयो ।
अभियानमा सहयोग गर्नुस्
डा.कृष्ण पौडेल, मेयर
जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले चैत मसान्तसम्म उपमहानगरलाई खुल्ला दिसामुक्त उपमहानगर बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । वडा नम्बर १५ स्थित चौधरी टोलमा आयोजित सरसफाई कार्यक्रममा बोल्दै उहाले समृद्धिको अभियानसंग जोडिएको सरसफाईतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
के गर्नुपर्छ ?
अभियान अघि बढाईरहदा सबै भन्दा पहिले सबै वडाको अवस्था बारे उप–महानगरपालिकाले बिशेष चासो लिनुपर्छ । अनि कुन कुन वडामा त्यस्तो समस्या छ त्यसको पहिचान गरी प्रभावकारी अनुगमन गर्नुपर्ने कतिपयको भनाई छ । अनगमन गरेर खुल्ला ठाउमा सौच गर्नेलाई कारर्वाही गर्नुपर्छ । कारर्वाहीको दायरमा ल्यायो भनेमात्र केहि हदसम्म कमि हुनेछ ।
























