बीस लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

ए वान डेस्क
१ असार २०७६, आईतवार १६:३५

भारतकाे रुपैडियाबाट स्कुटरमा नेपालतर्फ आउँदै गरेको अवस्थामा शनिबार २० लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतीय नागरिक २० लाख नेपाली रुपैयाँसहित पवन गुप्ता र कमल गुप्तालाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेकाे हाे । पक्राउ परेका दाजुभाइ रहेकाे र पक्राउ पर्नासाथ नेपालगञ्जको बैंकमा रकम जम्मा गर्न ल्याएको बयान दिएका थिए ।

तर केही समयपछि साट्न ल्याएको भन्दै बयान परिवर्तन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

यसअघि गएको फागुन २२ गते शरीरका विभिन्न भागमा लुकाएर ल्याइँदै अवस्थामा नेपालगञ्जको पासाङल्हामु मार्गबाट भारतीय नगरिकलाई ३५ लाख ४४ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना १२ वर्षीय नेपाली बालकसमेत थिए । प्रहरीले पहिलो घटना झैँ शनिबारको घटनामा पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको जनाएको छ ।

सीमापारी रुपैडियामा सबै पसलमा नेपाली रुपैयाँको कारोबार हुने गरेको छ । यसरी कारोबार हुँदा नेपाली उपभोक्ताले चलनचल्ती भन्दा बट्टा बापत थप पनि तिर्नुपर्दछ । यसरी जम्मा भएको रकम नेपाल ल्याएको नेपाली व्यवसायीले जनाएका छन् । – उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*