बझाङमा जीप दुर्घटना हुँदा ३ यात्रुको मृत्यु, घाइतेको उद्धारमा कठिनाइ
बझाङ जिल्लामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार हालसम्म ३ जनाको शव फेला परेको र अन्यको उद्धार भइरहेको जनाएको छ । प्रहरीका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी सूर्यबहादुर केसीले जीप भीरबाट खसेकाले उद्धारमा कठिनाइ भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले घाइतेको उद्धार गरी उपचारका लागि पठाउन हेलिकप्टर झिकाउन समन्वय भइरहेको बताए । – लोकान्तर















