कर्णालीमा यात्रुवाहक जिप खस्यो

ए वान डेस्क
३ असार २०७६, मंगलवार १५:०६

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा यात्रुवाहक जिप कर्णाली नदीमा खसेको छ । आज दिउँसो साढे एक बजेतिर जिप नदीमा खसेको र अहिलेसम्म नभेटिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै पोखरेलले जनाएअनुसार जिप खार्पुनाथबाट याङचुङ गाउँपालिकातर्फ जाँदै थियो । जिपमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । – बाह्रखरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*