लुगा सुकाउने क्रममा घरको छतबाट लडेर किशोरीको मृत्यु

ए वान डेस्क
३ असार २०७६, मंगलवार १५:१८

सर्लाहीमा आफनै घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं. ३ बस्ने राकेश गुप्ताको १६ वर्षीया छोरी सपना गुप्ता रहेकी छिन् ।

मंगलबार दिउँसो १२ बजे लुगा सुकाउन छतको छेउमा जाँदा आफनै घरको दुईतल्ले छतबाट लडि गम्भिर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पतालमा ल्याउँदा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको अस्पतालका इमरजेन्सी ईन्चार्ज नथुनी महतोले बताए । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*