वीरगञ्जमा भएको आगलागीबाट झण्डै दुई लाखको क्षति

ए वान डेस्क
३ असार २०७६, मंगलवार १६:३३

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी टोलमा मंगलबार बिहान आगलागी हुँदा करिब दुई लाख बराबरको क्षति भएको छ।

आगलागीबाट अशोक पटेलको एक तले कच्ची घर जलेर नष्ट भएको छ। आगलागीबाट दुई लाख बराबरको क्षति भएको पर्सा प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब साढे दुई बजे आगलागी भएको थियो। आगलागीबाट घरमा रहेको खाद्यान्न, लत्ता कपडा लगायत अन्य सामग्री जलेर नष्ट भएको छ। – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*