कर्णालीमा जीप खस्दा बेपत्ता १० मध्ये ८ को नाम खुल्यो

ए वान डेस्क
३ असार २०७६, मंगलवार १६:४५

हुम्लाको खार्पुनाथ ५ को यांचु कुनामा दुर्घटना भई कर्णाली नदीमा खसेको जीपमा १० जना सवार रहेको गाउँपालिका प्रशासनले जनाएको छ। सडकबाट २०० मिटर तल खसेर जीप कर्णालीमा बेपत्ता भएको हो।

घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार रहेको उनले पुष्टि गरे।

यसैगरी खार्पुनाथ गाउँपालिका १ कि कौर कामी र उनका २ वर्षका छोरा समेत दुर्घटनामा बेपत्ता भएका छन्। दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्री समेत परेका छन्। उनको नाम खुलेको छैन।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका ५ को बेडबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए। – अन्नपुर्ण अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*