६३ लाख हिनामिना गर्ने पिपरा सिमराका सचिव झामाथि मुद्या दायर
साविक पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिव विजयकान्त झामाथि भ्रष्टाचारको अभियोगमा मुद्या दायर भएको छ । मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि ६३ लाख एक
हजार सात सय ७१ रुपैयाँ हिनामिनाको अभियोगमा विशेष अदालतमा मुद्या दायर गरेको हो ।
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार साविक पिपरा सिमरा गाविसको विभिन्न शिर्षकको रकम हिनामिना गरेको उजूरीका आधारमा छानविन गर्दा बदनियतसाथ हिनामिना गरेको पाइएपछि मुद्या दायर गरिएको हो । सजाय र नोक्शानी भएको विगो माग दाबी सहित अदालतमा मुद्या दायर गरिएको हो । – रिपोर्टस् नेपालबाट















