मोटरसाइकलको ठक्करवाट साइकल यात्रीको मृत्यु

ए वान डेस्क
४ असार २०७६, बुधबार १५:१७

सवारी दुर्घटना परि महोत्तरीमा बुधवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत्मा र महोतरीको गौशाला नगरपालिका ३ नवराजपुरका १८ बर्षीय मनोज यादव रहेका जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।

सम्सिबाट गौशाला तर्फ जादै गरेको ज १२ प ६८४० नम्बरको मोटरसाईलको विपरित दिशाबाट आउदैँ गरेको साईकल चालक तत्मालाई औरही नगरपालिका ६ बैरिया टोल स्थित माईस्थान सम्सि सडकखण्डमा ठक्कर दिदा घाईते भएका थिए ।

टाउको र मुखमा चोट लागेका तत्माको गौशाला पोलिक्लिनिक गौशालामा उपचारको क्रममा मृत्यु भएको छ भने नामथर वतन नखुलेको मोटरसाइृकल चालकको पोलिक्लिनिक गौशालामा उपचार भईरहेको छ ।

औरहीबाट गोशाला जाँदै गरेको ज.१ त. ४२७९ नम्बरको ट्याक्टरले औरही नगरपालिका १ औरही गौशाला सडकखण्ड स्थित जंघा खोला नजिक विपरित दिशाबाट आईरहेका अन टेस्ट मोटरसाइकललाई ठक्कर दिदाँ मोटरचालक यादव घटनास्थलमानै मृत्यु भएको हो । – राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*