सिमरामा ३ दिने नेतृत्व विकास तालिम शुरु
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ मा आजदेखि अपाङ्गता भएका व्यक्तित्वहरुको लागी ३ दिने नेतृत्व विकास सम्बन्धी तालिम शुरु भएको छ । नेपाल अपाङ्ग सेवा संघ बाराको आयोजनामा संघको सभाहलमा आजदेखि ३ दिने नेतृत्व विकास तालिम शुरु भएको हो ।
तालिमको आज एक कार्यक्रमकाबिच देवताल गाउपालिकाकी उपाध्यक्ष रामपती देवी महत्तोले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेपाल अपाङ्ग सेवा संघ बाराका सल्लाहकार संयोजक गंगा प्रसाद वाग्ले, संघका संस्थापक अध्यक्ष भोला प्रसाद अधिकारी, नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय सिमराका प्राचार्य संखर आचार्य लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष धन प्रसाद बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रमेश बिडारीले गर्नुभएको थियो । तालिममा झन्डै ३० जना अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको छ । तालिममा सहभागिहरुलाई संघका संस्थापक अध्यक्ष भोला प्रसाद अधिकारीले प्रशिक्षण दिईरहनुभएको छ ।
तालिममा भोलि संघका सल्लाहकार संयोजक गंगा वाग्लेले प्रशिक्षण दिने कार्यक्रम रहेको सचिव रमेश बिडारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष धन प्रसाद बजगाईले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुको जिवन स्तर उकास्न विशेष कदम चाल्नुपर्नेभन्दै उहाले गंभिर हुन आग्रह गर्नुभयो ।















