जीतपुरसिमरामा कार्यपालिकाको बैठक बस्दै, नगर सभाको मिति तोक्ने तयारी
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकामा अहिले कार्यपालिकाको बैठक बसिरहेको छ । उप–महानगरपालिकाको सभाहलमा जारी कार्यपालिका बैठकको अध्यक्षता नगर प्रमुख डा. कृष्ण पौडेलले गरिरहनुभएको छ ।
आजको बैठकले नगर सभाको मिति तोक्ने उप–महानगर स्रोतले जनाएको छ । संविधान तथा कानुन अनुसार प्रत्यक स्थानीय तहले यही असार १० गतेभित्र नगर सभामा निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्नेछ ।
नगरसभामा बजेट प्रस्तुत गर्नुअघि निति तथा कार्यक्रम पेश गर्ने प्रावधान छ । सो निति तथा कार्यक्रम नगर प्रमुखले पेश गर्नुपर्ने हुन्छ । निति तथा कार्यक्रमपछि नगर सभामा बजेट प्रस्तुत गरिन्छ । सो बजेट उप–प्रमुखले प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।
गत आगामी आर्थीक बर्ष २०७५/०७६ को लागी नगर सभाले १ अर्ब सात करोड बजेट बिनियोजन गरेको थियो । यसबर्ष भने नगरसभाले भन्डै १ अर्ब २५ करोड भन्दा बढिको बजेट बिनियोजन गर्न लागेको उपमहानगर स्रोतले बताएको छ ।















