तार पन्छ्याउँदा करेन्ट लागेर तेल ट्याङ्कर सहचालकको मृत्यु

ए वान डेस्क
६ असार २०७६, शुक्रबार १६:३८

महोत्तरीमा करेन्ट लागेर एक तेल ट्याङ्करका सहचालकको मृत्यू भएको छ । मृत्यू हुनेमा धनुषा जनकपुर उ.म.न.पा.८ घर भएका उमेश यादव रहेका छन् ।

बिहिबार राती मनराशिश्वा न.पा–८ स्थित भित्रि सडक खण्डमा सरपल्लोबाट मनरातर्फ जाँदै गरेको तेल लोड भएको ना ७ ख ११९५ नं .को तेल ट्याङ्करले सडकको विद्युतीय तार झोल्लिन गई छुन खोज्दा तेल ट्याङकरका सहचालक यादवले सो तारलाई पन्छाउने क्रममा अचानक करेन्ट लागी गम्भीर घाइते भएका थिए ।

घाइते यादवलाई जिल्ला अस्पताल जलेश्वरमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ । – रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*