जीतपुरसिमरा : असार १० गते नगरसभा हुने, यस्तो छ बजेट
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको नगरसभा यही असार १० गते हुने भएको छ । आज साझ सम्पन्न उप–महानगरपालिकाको कार्यपालिका बैठकले नगरसभा यही असार १० गते गर्ने निर्णय गरेको हो ।
विवादका बिच अघि साझ अबेरसम्म बसेको बैठकले जनसंख्या र भुगोललाई आधार मानेर बजेट बिनियोजन गर्ने निर्णय गरेको बुझिएको छ । ‘जनसंख्यालाई आधार मानेर ९० प्रतिशत र भुगोललाई आधार मानेर १० प्रतिशत बजेट बिनियोजन गर्ने सहमति भएको छ’ बैठकपछि ए वान समाचारसंग कुरागर्दे एक जना वडा अध्यक्षले भने ।
बैठकले २४ वटै वडाका लागी ६ करोड बजेट थप गर्ने निर्णयसमेत गरेको छ । यसरी थप गरिएको बजेट प्रत्यक वडालाई २५–२५ लाख भाग पर्ने गरी बिनियोजन गरिनेसमते उनले बताए । सहमति अनुसार अब एउटा वडाले कम्तीमा ९५ लाख र बढिमा १ करोड ७१ लाखसम्म पाउनेछ ।
चालु आगामी आर्थीक बर्ष २०७५/०७६ को लागी नगर सभाले १ अर्ब सात करोड बजेट बिनियोजन गरेको थियो । संविधान अनुरुप प्रत्यक स्थानीय तहले यही असार १० गतेभित्र नगर सभामा निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्नेछ । नगरसभामा बजेट प्रस्तुत गर्नुअघि निति तथा कार्यक्रम पेश गर्ने प्रावधान छ ।
सो निति तथा कार्यक्रम नगर प्रमुखले पेश गर्नुपर्ने हुन्छ । निति तथा कार्यक्रमपछि नगर सभामा बजेट प्रस्तुत गरिन्छ । सो बजेट उप–प्रमुखले प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।















