विश्वकप क्रिकेटमा आज दुई जोशिला टीमबीच भिडन्त

ए वान डेस्क
९ असार २०७६, सोमबार ११:३०

क्रिकेट विश्वकपमा सोमवार अफगानिस्तान र बंगलादेशबीच भिडन्त हुन गइरहेको छ । भारतसँग निकै राम्रो प्रदर्शन गरेर पनि हारेको अफगानिस्तानको जोश उच्च स्तरमा पुगेको छ । तर लगातार ६ म्याच हारेकाले अफगानिस्तान उपाधि दौडबाट बाहिरिइसकेको छ ।

अफगानिस्तानले अब इज्जत जोगाउनका लागि मात्र खेल्दैछ । बाँकी तीन खेल जितेर ऊ प्रतियोगिताबाट सम्मानजनक बिदाइ पाउन खोजिरहेको छ ।

अफगानिस्तानविरुद्ध बंगलादेश टीमले सतर्कता अपनाउनु जरूरी छ । साउथह्याम्पटनमा हुने प्रतिस्पर्धा ढिलो गतिको पिचमा हुँदैछ । त्यही पिचमा अफगान स्पिनरहरूले राम्रो प्रदर्शन गरेर भारतीय ब्याट्स्म्यानहरूलाई रन जुटाउन गाह्रो बनाएका थिए ।

बंगलादेशका अलराउन्डर शाकिब अल हसनले यस प्रतियोगितामा ४०० भन्दा बढी रन बनाइसकेका छन् । अन्य ब्याट्स्म्यानले पनि उपयोगी योगदान दिएका छन् । बंगलादेशले दक्षिण अफ्रिका, वेस्ट इन्डीज र अस्ट्रेलियाविरुद्ध ३०० भन्दा बढी रन बनाएका छन् ।

तर उसको बलिङ राम्रो नभएकाले विपक्षी टीमले उसविरुद्ध ३२० भन्दा बढी रन बनाएका छन् ।

सोमवार अलिअलि घाम लाग्नेछ । दिउँसो अलिक गर्मी हुन सक्छ । पिच सुस्त रहने हुँदा स्पिनरहरूले फाइदा उठाउन सक्छन् ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*