आज कहाँ-कहाँ वर्षा र बाढी? यस्तो छ मौसम विभागकाे अनुमान

ए वान डेस्क
१० असार २०७६, मंगलवार ११:३४

देशको सुदूरपूर्वी क्षेत्रमा अहिले वर्षा भइरहेको छ भने देशका बाँकी स्थानमा अपराह्न वा साँझपख पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सुदूरपूर्वका तराईका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको हो। पहाडी क्षेत्रमा पनि पूर्ण बदली भएकाले ठूलै वर्षा हुने सम्भावना छ।

यस्तै देशका मध्य क्षेत्र तथा पश्चिमका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पश्चिमी तराई क्षेत्रमा भने अहिले मौसम सफा रहेको मौसमविद् श्रेष्ठले बताए।

‘देशका बाँकी स्थान (पूर्व, मध्य क्षेत्र र पश्चिमको पहाडी) मा भने अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘तर त्यस्तो ठूलो वर्षा हुने देखिँदैन।’

उनका अनुसार पूर्वी क्षेत्रमा भने अलि ठूलै वर्षा हुने संकेत देखिएको छ।

असार ५ गते पूर्वबाट नेपाल भित्रिएको मनसुन अहिले देशभर फैलिएको छ। तर लगातार झरी पर्न भने अझै केही दिन लाग्ने मौसमविद्को अनुमान छ।

मौसमविद् श्रेष्ठका अनुुसार एक हप्तापछि देखि लगातार वर्षा हुने सम्भावना छ।

यी ७ जिल्लाका बासिन्दालाइ बाढीबाट सचेत रहन आह्वान
बाढी पूर्वानुमान महाशाखाले भने हाल संखुवासभाको सभा खोलामा बहाव सतर्कता तहभन्दा माथि रहेकाले आज मध्यान्हसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तै आज राति पूर्व संखुवासभा, मध्य रसुवा, धादिङ, पश्चिम जाजरकोट, दैलेख, रोल्पा, रुकुम र आसपास भएर बहने स-साना खोलानाला उल्लेख्य बढ्न सक्ने भएकाले वर्षा भइरहेका बेला सतर्क रहन महाशाखाले अनुराेध गरेकाे छ। – नेपालखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*