बाराबाट २१ बर्षदेखी फरार प्रतिबादी पक्राउ

ए वान डेस्क
१० असार २०७६, मंगलवार १४:५१

 बारा प्रहरीले २१ बर्षदेखी फरार प्रतिबादीलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

पक्राउ पर्नेमा साबिकको छातापिपरा गा.बि.स. वडा नम्बर ५ र हालको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ४२ बर्षिय नारायण गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सवारी ज्यान मुद्धामा दोसी ठहर गरी जिल्ला अदालत बाराको २०५५ साल जेठ २५ गतेको आदेशले २५ दिन कैद सजायँ पाए लगत्तै फरार रहँदै आएका उनलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले आईतबार पक्राउ गरेको हो ।

गिरीलाई आईतबारनै जिल्ला अदालत बारामा पेश गरी अदालतको आदेश बमोझिम आवश्यक कैद भुक्तानका लागी वीरगञ्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रञ्जितसिंह राठोरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*